

धादिङ । धादिङमा सम्पन्न आधारभूत तह जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा धादिङ आवासिय माध्यमिक विद्यालय प्रथम भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) धादिङको आयोजनामा शुक्रबार भएको आधारभूत तहको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा बिद्यालयतर्फ धादिङ आवासिय माध्यमिक विद्यालय प्रथम, न्यू धादिङ बोर्डिङ द्धित्तिय, न्यू किबो बोर्डिङ तृतिय र आयाम स्कुल सान्त्वना भएको हो ।
बालबालिकाको भविष्य निर्माणमा पिताको भूमिका’ विषयमा भएको वक्तृत्व प्रतियोगितामा ८० अंक प्राप्त गर्दै धादिङ आवासिय माध्यमिक विद्यालयकी अभिज्ञा कार्की प्रथम, ७७ अंक सहित न्यू धादिङ बोर्डिङकी दिव्य रिजाल द्वित्तिय, ७६ अंक सहित न्यू किबो बोर्डिङ स्कुलका उन्नन दुवाडी तृतीय र ७३ अंक प्राप्त गर्दै नलाङ मोडेल एकेडेमीका सचिन गिरी सान्त्वना भएका थिए ।
प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाण पत्र तथा ट्रफीले सम्मान गरिएको थियो ।
प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पसका उप–प्राध्यापक डा.मोहन कँडेल र नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकी नेपाली विषयकी शिक्षिका पार्वती पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |