

वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर घट्दै गएको छ ।
हैजा ‘भिब्रियो कलेरा’ नामक ब्याक्टेरियाका कारण हुने सानो आन्द्राको सङ्क्रमण भनेर बुझिन्छ । तारन्तार दिसा र बान्ता भइरहने एक सङ्क्रामक रोग नै हैजा हो ।
पखालामा अत्यधिक पानी जानुलाई नै सर्वसाधारणले हैजा भनेर बुझ्छन् । अत्यधिक पखालाका कारण केही घन्टाभित्रै शरीरमा जलवियोजन डिहाइड्रेसन अर्थात् शरीरमा तरल पदार्थको क्षति गराउँछ । हैजाको ब्याक्टेरिया प्रायः दूषित पानी वा खाना, सङ्क्रमित व्यक्तिको दिसा, नदी र तटीय जलमार्गमा पाइन्छन् ।
हैजाको ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गर्ने माध्यम भनेका पानी र खानेकुराहरू नै हुन् । हैजा प्रायः दूषित पानी र दूषित खानाबाटै फैलिन्छ । काँचा फलफूल र तरकारीहरू खाँदा पनि हैजाका ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गर्न सक्छन् ।
हैजाको संक्रमण भएमा वाकवाकी लाग्ने ,अचानक पखाला लाग्ने, बान्ता हुने, आँखा गढ्ने, थकान हुने, पिसाब कम लाग्ने, मानसिक स्थितिमा परिवर्तन आउने, मुख सुक्खा हुने, अत्यधिक तिर्खा लाग्ने, मुटुको चाल अनियमित हुने, रक्तचाप घट्ने चिकित्सकले बताएका छन् ।
हैजाबाट जोगिन धारा वा अन्य पानीको स्रोतबाट सीधै पानी नपिउने, काँचो सागसब्जी, फलफूल र राम्रोसँग नपाकेको माछामासु नखाने, उमालेको वा प्रशोधन गरिएको पानी मात्रै पिउने, खाना पकाउनुअघि, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुने। दूषित पानी वा खानाबाट टाढा रहने र सरसफाइमा ध्यान दिने ,शौचालय सफा राख्ने र जथाभाबी शौच नगर्ने, सङ्क्रमित व्यक्तिको खानपिन, सरसफाइमा विशेष ध्यान दिने र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने चिकित्सकले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |