Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २४, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

२ घण्टा अघि
२

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

३ घण्टा अघि
३

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

३ घण्टा अघि
४

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

१ दिन अघि
५

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

१ दिन अघि
६

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

२ दिन अघि
७

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

२ दिन अघि
८

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

२ दिन अघि
९

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

२ दिन अघि
१०

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

२ दिन अघि
११

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

२ दिन अघि
१२

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

१ महिना अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

५ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

सिद्धलेकको बुङचुङ सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीकै भरमा : सेवाग्राहीहरु भन्छन्–सिटामोल धरि पाईदैन

  • बागमती कलम
  • १२०२ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार (१ साल अघि)
सिद्धलेकको बुङचुङ सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीकै भरमा : सेवाग्राहीहरु भन्छन्–सिटामोल धरि पाईदैन

धादिङ । सिद्धलेक गाउँपालिका–४ मा रहेको बुङचुङ सामुदायिक स्वास्थ्य इकाई झण्डै दुई सातादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ ।

स्वास्थ्यकर्मीहरु विदामा बसेपछि स्वास्थ्य इकाईबाट कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ ।

उक्त इकाईको अहेव सुवना घले साउनको २३ गतेदेखि र अनमी दिपा पराजुली साउन २९ गतेदेखि विदामा बसेपछि इकाई करिव दुई सातादेखि स्वास्थ्यकर्मीविहिन बनेको हो ।

स्वास्थ्यकर्मीहरु विदामा भएपनि कार्यालय सहयोगी कौशिला सिलवालले कार्यालय समयमै खोल्ने र बन्द गर्ने गरेको बताउनुहुन्छ।सिलवालले भन्नुभयो, ‘म त अफिस खोल्ने, सरसफाइ गर्ने बस्ने अनि बन्द गरेर जाने हो तर यस इकाईमा ‘दैनिक १५ जना भन्दा माथि विरामी आउँछन् । कहिले त ५० जनासम्मलाई सेवा दिएका छौं,इमर्जेन्सीका विरामी आयो भने अहिले पालिका पठाइदिन्छु । मैले औषधि दिन मिल्दैन ।’

सेवाग्राहीहरु भन्छन्– ‘भनेको बेला सिटामोल धरि नपाइने स्वास्थ्य इकाईमा दुई सातादेखि स्वास्थ्यकर्मी नहुनु नागरिकको स्वास्थ्यमाथि चरम लापारबाहि हो ।’

वडा नं ४ खर्कगैराका केशरी गिरीले दुखेको घुँडाको उपचारका लागि चर्को घाममा असिनपसिन भएर इकाईमा आएको तर औषधि र स्वास्थ्यकर्मी दुवै नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘घुँडा दुखेर एक घण्टा लगाएर आएको न स्वास्थ्यकर्मी भेटेँ, न त औषधि पाइयो । कार्यालय सहयोगी मात्र रहेछ, कार्यालय खोलेर मात्र के काम । बरु बन्द गरेर राखे भइ गयो । बेकारमा खुल्ला छ भनेर आउने म जस्तो सेवाग्राीलाई सास्ति मात्र भयो ।’

बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा भनेको बेला सिटामोल समेत नपाइने सविना सिलवाल बताउनुहुन्छ । ‘छैन भनम भने घर आँगन नजिकै स्वास्थ्य इकाई छ । छ भनम भने केहि सेवा पाइदैन’ उहाँले भन्नुभयो– ‘विहान आँखा खुलेदेखि नसुतुन्जेलसम्म घर अगाडी स्वास्थ्य इकाई छ । विरामी भयो भने धादिङबेसी कुद्ने होकि मलेखु पुग्नु पर्ने हो थाहा छैन । पहिले भन्दा अहिले सेवामा चरम लापरबाही छ ।’

त्यस्तै, अर्का सेवाग्राही ज्ञानु आचार्य पनि स्वास्थ्य इकाईले नागरिकको स्वास्थ्यमाथि चरम लापारबाही गरेको बताउनुहुन्छ । ‘मेरो त घरमा वृद्धवृद्धा बाआमा बस्नुहुन्छ । विरामी भएर औषधि लिन जाँदा केही पाइदैन । २/२ जना स्वास्थ्यकर्मीहरु हुदाँ पालैपालो विदा बसेर सेवा दिनु पर्ने हो । गाउँपालिका पनि के हेरेर बस्छ खै ?’ उहाँले गाउँपालिकालाई प्रश्न गर्नुभयो ।

कार्यालय सहयोगीलाई औषधि विक्रि वितरण तथा स्वास्थ्य सेवा प्रवाह गर्ने अधिकार छैन । तर छोरी विरामी भएको समयमा सिटामोल लिएर गएको सेवाग्राही बासुदेव सिलवालको भनाई छ ।

‘कार्यालय सहयोगीले औषधि दिन नमिल्ने हो । तर स्वास्थ्यकर्मी हप्तौ हुदा पनि विदामा बसेका छन् । नजिकै रहेको स्वास्थ्य संस्था छाडेर कहाँ जानु’ उहाँले भन्नुभयो– ‘चिकित्सक विना अरुले औषधि दिदा विरामी तलमाथि भए को जिम्मेवार ?, यो स्वास्थ्य इकाईमा त मिति गुज्रिएका औषधिहरु समेत आउँछन् । यो सबै स्वास्थ्य जस्तो गम्भिर क्षेत्रमा चरम लापरबाही हो ।’

‘स्वास्थ्यकर्मीले पनि तलब पाइ रहेका छन् । कार्यालय सहयोगीको भरमा स्वास्थ्य इकाई चलेको पनि पालिका तथा सबैलाई जानकारी छ । तर स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भएको चरम लापारबाहीको कसैले चासो नदिनु सुशासनप्रतिको गम्भिर प्रश्न हो ।’ गाउँपालिकाको आडैमा रहेको स्वास्थ्य इकाईको हालत त यस्तो छ,अन्य ठाउँको हालत झन् कस्तो होला भन्दै उहाँले सिलवालले प्रश्न गर्नुभयो ।

इकाईबाट भोलि शुक्रबारदेखि स्वास्थ्यकर्मी सहितको सेवा प्रवाह हुने सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले बताउनुभएको छ ।

स्वास्थ्यकर्मीसहितको सेवाग्राहीको माग र कार्यालय सहयोगीले दिएको औषधि सेवनपछि विरामी तलमाथि भए को जिम्मेवार भन्ने सेवाग्राहीको प्रश्न जायज रहेको भन्दै उहाँले सुवनाको एक साताको विदा थियो,दिपा जी विरामी भएर जानुभएको हो,उहाँहरुले विदा लिएको दिन भन्दा बाहेकका विदा रहेको दिनको तलव नपाउने बताउनुभयो ।

सेवाग्राही मारमा परेको बताउदै शर्माले उहाँहरु भोलिबाटै हाजिर हुने र नागरिकलाई स्वास्थ्य सेवा सहज रुपमा प्रवाह गर्ने बताउनुभयो ।

भाडाको घरमा सञ्चालन भइ रहेको बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा सिद्धलेक गाउँपालिकाकाको वडा नम्बर १, ४, ५ र ६ का करिव एक हजार घर परिवारले सेवा लिदै आएका छन् ।

यस स्वास्थ्य इकाईमा बुङचुङ, खर्क गैरा, बैरेनी, फाकफुक, स्याखुटार, आपटार, काम्राङ, कत्लेडाँडा, माबिखोला फिस्टार, नयाबस्ती लगायतका ठाउँबाट यस स्वास्थ्य इकाईमा सेवा लिन आउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%९%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • IMG_20260908_194805

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

  • समाचार
  • १

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    २ घण्टा अघि

  • २

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    ३ घण्टा अघि

  • ३

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    ३ घण्टा अघि

  • ४

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    १ दिन अघि

  • ५

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    १ दिन अघि

  • ६

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    २ दिन अघि

  • ७

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    २ दिन अघि

  • ८

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    २ दिन अघि

  • ९

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    २ दिन अघि

  • १०

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution