

काठमाडौं । काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै खुलेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलोमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) सुवास हमालले जानकारी दिनुभयो ।
आज बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७ः५० बजेदेखि दुईतर्फी खुलेको हमालले बताउनुभयो ।
बाटो खुले पनि सडकमा सवारी साधनको चाप छ । रातिदेखि नै सडक खुल्ने र बन्द हुने गरेकाले सयौं सवारीसाधनहरु बीचबाटोमै रोकिएका थिए ।
ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको छ ।
सडकमा हतार नगरी ट्राफिक नियम पालना गरेर सवारी चलाउन चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |