

धादिङ । नीलकण्ठ नगरपालिका ३ धादिङबेशीस्थित सुगमटोलमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।
घाईते हुनेमा सिद्धलेक गाउँपालिका–१ नलाङ नयाँबस्तीकी ५८ वर्षीया रनती घले रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव निरीक्षक एवम् सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो। पैदलयात्री घलेलाई बा.प्र.०५८ प ८२२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
घाइते घलेको धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ललितपुरको मेडिसिटी अस्पताल रिफर गरिएको प्रहरी नायव निरीक्षक हमालले बताउनुभयो।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तस्विर:च्याङबा मम्बा
प्रहरी नायव निरीक्षक एवम् सूचना अधिकारी सुवास हमालसँगको भनाई





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |