

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बादरेमोडमा ट्याङकर र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
शनिबार बिहान वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको पेट्रोल बोकेको ना.४ ख.३१३३ नम्बरको ट्याङकर र ताल्ती हुँदै मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख.२८९४ नम्बरको यात्रुवाहक बस ठोक्किएको हो।
दुर्घटनामा परेर बसमा सवार धादिङको बेनिघाट रोराङ–२ निवासी २० वर्षीया सरीता चेपाङ, ४५ वर्षीय हरीबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ, १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नविन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फूलमाया चेपाङ, ४९ वर्षीय विष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया, ३६ वर्षीया सगिता चेपाङ बर्ष १० को अजय चेपाङ घाइते भएका छन्।
बसमा ६० जना सवार थिए ।
घाइतेहरूलाई मलेखुस्थित मलेखु राजमार्ग अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बस चालक मकवानपुरको कैलाश-२ बस्ने बर्ष ३१को जिवन राना र ट्याङकर चालक धादिङको थाक्रे-५ बस्ने बर्ष ३५ को बुद्ध थोकर लाई नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |