

धादिङ । धादिङको सिद्दलेक गाउँपालिका-६ फिसफिसेटारमा टिपर दूर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गएराती धादिङबेसीबाट मलेखु तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००४ क १०८१ नम्बरको टिपर सडकबाट खेतमा खसेको स्थानियले बताएका छन् ।
दूर्घटनामा गजुरी गाउँपालिका-५ घर भएका टिपर चालक होमे राई मृत अवस्थामा भेटिएको घटनास्थल पुग्नुभएका धादिङ शोसियल भोलेन्टिर्यसका रोस्मित अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीमा भर्खरै मात्रै खबर आएको र जिल्ला प्रहरी कार्यालय धादिङको टोली घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |