

धादिङ। सदरमुकाम धादिङवेशी क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
जेन–जीको प्रदर्शनका कारण देशभर विभिन्न ठाउँमा उत्पन्न भएको सुरक्षा परिस्थिति मध्यनजर गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सदरमुकाम धादिङवेशी क्षेत्रमा कर्फ्यू आदेश जारी गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार (भदौ २५ गते) साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो ।
जारी आदेश अनुसार, कर्फ्यू अवधिमा जिल्लाको नीलकण्ठ नगरपालिकाभित्रका क्षेत्रमा कसैले पनि हिँडडुल गर्ने, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने जनाईएको छ ।
कर्फ्यूको क्षेत्र पूर्वमा इजारा चौतारा, पश्चिममा धादिङवेशी–सल्यानटार सडक, उत्तरमा थोपल खोला र दक्षिणमा अरुङ खोलासम्म सीमित रहने प्रशासनले जनाएको छ ।
आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी समेत दिइएको छ । तथापि, कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक तथा मानव अधिकारसँग सम्बन्धित निकायका सवारीसाधन र हवाई टिकटका आधारमा हवाई यात्रुहरुको आवागमनमा सुरक्षा निकायले सहजीकरण गर्ने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले कर्फ्यू अवधिभर घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै अत्यावश्यक काम परे सुरक्षाकर्मीमार्फत समन्वय गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेश






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |