

काठमाण्डौ । धादिङसहित देशका विभिन्न ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा कैलालीमा सबैभन्दा बढी एक सय ५९ मिलिमिटर पानी परेको छ ।
धादिङ, काठमाण्डौ, नुवाकोट, बाँके, बर्दिया, रुपन्देही, गोरखा, बारा, नवलपरासी, लमजुङ, मकवानपुर, दोलखा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, दाङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही ठाउँमा र बाँकी तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |