

धादिङ । देशका विभिन्न कारागारबाट भागेका ४७ जना कैदी बन्दीलाई धादिङबाट नियन्त्रणमा लिइएको छ ।
जेन–जी आन्दोलनको अराजक वातावरणको मौका छोपेर फरार भएका मध्ये बिहीबार तीन महिला सहित ४७ जना कैदी बन्दीलाई नियन्त्रणमा लिएर नुवाकोट पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका मध्ये कारागार कार्यालय जगन्नाथदेवलका २९ जना, नख्खु कारागारका १३ जना, भीमफेदी कारागारका ४ जना र तनहुँ कारागारका १ जना रहेका छन्।
नियन्त्रणमा परेका ३ जना महिला पनि जगन्नाथदेवलकै भएको पुष्टि भएको छ।
बुधबारदेखि नै पृथ्वीराजमार्गका विभिन्न स्थानमा नेपाली सेनाले कडाइका साथ चेकजाँच सुरु गरेको छ। बुधबार मात्र धादिङको गल्छी बैरेनीबाट तीन जना फरार कैदी पक्राउ परेका थिए ।
सवारीसाधन प्रयोग गर्ने वा पैदल हिँड्ने सबैलाई जाँच गरी सोधपुछ गर्ने गरिएको गजुरीस्थित भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिनुभयो ।
गोप्य सूचनाका आधारमा समेत केहीलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । तस्विर:अर्जुन श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |