

धादिङ। धादिङबेशीमा फेरी कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सदरमुकाम धादिङबेसीसहितको आसपास क्षेत्रमा आज (भदौ २७) राति ८ बजेदेखि भदौ २८ विहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।
देशको वर्तमान विषम परिस्थितिमा रातको समयमा अवाञ्छित क्रियाकलाप हुन सक्ने आशंका बढेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
धादिङबेसीको इजारा चौताराबाट पूर्व, धादिङबेसी–सल्यानटार सडकसम्म पश्चिम, थोपल खोलासम्म उत्तर र दक्षिण अरुङ खोलासम्म कर्फ्यू तोकिएको छ।
प्रशासनले आदेशको अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने जनाएको छ।
साथै, तोकिएको समयभन्दा बाहिर अर्को आदेश नभएसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने प्रशासनले स्पष्ट पारेको छ।
निषेधाज्ञाको अवधिमा नेपाल प्रहरीको समन्वयमा यातायात, व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तु र सेवा भने सञ्चालन हुने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तो छ,जारी आदेश






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |