

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ ।
जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मङ्गलबारको हिंसात्मक प्रदर्शनपछि नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरुले आवश्यकता अनुसार निर्णय गर्न थालेका छन् ।
काठमाण्डौसहित धेरै ठाउँमा आज कर्फ्यु र निषेधाज्ञा छैन । सैनिक जनसम्पर्क निर्देशनालयले काठमाण्डौ उपत्यकामा हिजो बेलुकी सात बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेको थियो ।
त्यसपछि निर्देशनालयले थप निर्णय गरेको छैन । अब स्थानीय प्रशासनले आवश्यकताको आधारमा निर्णय गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।
ललितपुर र भक्तपुर प्रशासनले आज बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरे पनि काठमाण्डौले केही निर्णय गरेको छैन ।
अरु केही जिल्लाहरुले पनि कर्फ्यु र निषेधाज्ञालाई निरन्तरता दिएका छन् । केही जिल्लाहरुमा कर्फ्यु र निषेधाज्ञा कायमै रहे पनि जनजीवन सामान्य बन्दै गएको छ ।
हिजोदेखि लामोदूरीका गाडी पनि चल्न थालेका छन् । काठमाण्डौ उपत्यकामा पनि आजदेखि केही सार्वजनिक गाडी गुडेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |