

काठमाण्डौ । आजदेखि सरकारी कार्यालय र विद्यालय पनि खुल्ने भएका छन् भने सार्वजनिक गाडी चल्न थालेका छन् ।गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् ।
आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
जेन–जी आन्दोलनका कारण लगाएको निषेधाज्ञा र कर्फ्यू हटेपछि नागरिक काममा निस्कन थालेका छन् । काठमाण्डौ उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ ।
पसल तथा होटल पनि खुलेका छन् । सरकारी कार्यालय र धेरैजसो विद्यालय पनि आजदेखि खुल्ने भएका छन् ।
काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यालय खुलाएर भोलिदेखि पठनपाठन शुरु गर्ने निर्णय गरेको छ । अरू ठाउँका सरकारी तथा निजी विद्यालयमा पनि पठनपाठन क्रमशः सञ्चालन गर्ने तयारी छ ।
भौतिक संरचनामा क्षति पुगेका विद्यालय तथा अन्य सङ्घसंस्थाले संरचनाको भग्नावशेष हटाउन, सरसफाइ गर्न केही समय लाग्ने हुँदा तत्काल कार्य सञ्चालन गर्न समस्या हुने जनाएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |