

धादिङ। धादिङको निलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा आइतबार बिहान स्कारपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
आज बिहान करिब १०:४० बजे धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC 4063 नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक निलकण्ठ–९ निगालपानी बस्ने ३९ वर्षीय राकेश खाती र मोटरसाइकलमा पछाडि सवार ३५ वर्षीय कुमार बराइली घाइते भएका छन् । घाइते खातीलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।
उनको छातीमा चोट लागेकाे र अवस्था गम्भीर रहेकोले काठमाडौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
अर्का घाइतेको धादिङ अस्पतालमा उपचार भैरहेको छ।
स्कारपियो चालक काठमाडौं मुलपानी बस्ने ४८ वर्षीय राजेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |