

काठमाण्डौ ।कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदो असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरेको छ ।
यसअघि गएको भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरूमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ ।
तर, अनिवार्य अङ्ग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अङ्ग्रेजी र दोस्रोदिन नेपालीको परीक्षा दिनुपर्नेछ ।
बोर्डका अनुुसार असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भने सञ्चालन हुने छैन ।
परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |