

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।
गाढा निलो र रातो रङको नयाँ जर्सीमा काँधमा नेपालको झण्डाको चन्द्र र सूर्य अंकित छन् र स्पोन्सर नासा सेक्युरिटिजको लोगो बीच भागमा छ।
जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बीच भागमा कायम छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ ।
यसअघि नेपालको नाम लेख्दा पहेंलो रङको प्रयोग भएकोमा नयाँ जर्सीमा सेतो रङकै प्रयोग भएको छ । नेपाली क्रिकेट टोली वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई प्रस्थान गरिसकेको छ ।
नेपालले वेस्ट इन्डिजसँग ३ खेलको टी-२०आई शृंखला खेल्दै छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |