

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित बाँजोगरा खेल मैदानमा ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ जारी छ।
प्रतियोगिताको सोमबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको दोस्रो दिन आज ५ खेल हुने आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले बागमती कलमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आज पहिलो खेल NKUYC VS सिद्धलेक वारियर, दोस्रो खेल म्हेन्दोमाया युवा समाज टिम बि VS म्हेन्दोमाया युवा समाज टिम सि, तेस्रो खेल फोरजी गुरुङ कल्ब VS चक्रदेवी क्लब, चौथो खेल आजको बिजेता बागबच्छला युवा क्लब VS म्हेन्दोमाया युवा समाज टिम ए र पाँचौ खेलमा NKUYC VS सिद्धलेक वारियरबिचको बिजेता टिम सँग गोठालो क्लब खेल्ने छ ।
उदघाटन खेलमा सोमबार बागबच्छला युवा क्लब विजयी भएको छ। बागबच्छलाले भद्रकाली युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४(३ ले पराजित गर्दै विजयी भएको हो। यो सँगै भद्रकाली युवा क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सहआयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी छन् ।
तेस्रो दिन भोलि ८ गते सेमिफाईनलका दुई खेल हुने छन् । प्रतियोगिताको फाईनल खेल ९ गते दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यसैगरी सेमिफाइनलसम्म पुग्ने टोलीले रु १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने पनि आयोजकले जनाएको छ ।
बिजयादशमीको अवसरमा आयोजित प्रतियोगिताको सहयोगी संस्थाको रुपमा NKUYC,सिद्धलेक गाउँपालिका-१, कालिदह रहेको छ ।
‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ को उद्घाटन समारोहमा कस्ले के भने ? हेर्नुहोस् भिडियो….
प्रतियोगिताको उद्घाटन समारोह अन्तरगत औपचारिक कार्यक्रम र उदघाटन खेलका सम्पूर्ण तस्विरका लागि तलको दुई लिंक क्लिक गर्नुहोस्…..





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |