

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित बाँजोगरा खेल मैदानमा जारी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पुरा भएको छ ।
मंगलबार समुह चरण र क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।
सेमिफाइनलमा सिद्धलेक वारियर, म्हेन्दोमाया युवा समाज टिम ‘सि’, म्हेन्दोमाया युवा समाज टिम ‘ए’ र चक्रदेवी सेवा समाजले स्थान बनाएका छन् ।
प्रतियोगिताको दोस्रो दिन अन्तरगत मंगलबार भएको पहिलो खेलमा सिद्धलेक वारियरले NKUYC लाई २-० ले गोल अन्तरले पराजित गर्यो भने दोस्रो खेल म्हेन्दोमाया युवा समाज टिम ‘बि’ लाई म्हेन्दोमाया युवा समाज टिम ‘सि’ ले ६-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
त्यस्तै आजै भएको तेस्रो खेलमा चक्रदेवी सेवा समाजले फोरजी गुरुङ कल्बलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो भने चौथो खेलमा बागबच्छला युवा क्लबलाई म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले ३-० गोल अन्तर र सिद्धलेक वारियरले सपोट धादिङ फुटबल एकेडेमीलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
फाइनल प्रवेशका लागि अब पहिलो सेमिफाइनल खेलमा सिद्धलेक वारियर र म्हेन्दोमाया युवा समाज टिम ‘सि’ भिड्ने छन् भने दोस्रो सेमिफाइनल खेलमा म्हेन्दोमाया युवा समाज टिम ‘ए’ र चक्रदेवी सेवा समाज भिड्ने छन् । सेमिफाइनलका खेलहरु भोलि बुधबार दिउँसो १ बजेबाट हुने छन्।
म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सहआयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए।
फाईनल खेल ९ गते दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यसैगरी सेमिफाइनल पुग्ने टोलीले समान रु १५/१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले बागमती कलमलाई जानकारी दिनुभयो ।
प्रतियोगिताको दोस्रो दिनको तस्विरहरुको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/16z6tDtr6v/
https://www.facebook.com/share/p/1F8NfXcrJU/
‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ को उद्घाटन समारोहमा कस्ले के भने ? हेर्नुहोस् भिडियो….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |