

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित बाँजोगरामा जारी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, खुल्ला फुटबल प्रतियोगिता’ को फाईनलमा ‘सिद्धलेक वारियर’ र ‘आयोजक म्हेन्दोमाया युवा समाज टिम ‘ए’ भिड्ने भएका छन् ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सिद्धलेक वारियरले म्हेन्दोमाया युवा समाज टिम ‘सि’ लाई ३-० गोल अन्तरले हराँउदै फाईनलमा पुगेको हो ।
त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनल खेलमा म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले चक्रदेवी सेवा समाजलाई ५-१ गोल अन्तरले हराँउदै फाईनल प्रवेश गरेको हो ।
प्रतियोगिताको उपाधीका लागि भोलि बिहिबार सिद्धलेक वारियर र म्हेन्दोमाया युवा समाज टिम ‘ए’ खेल्ने छन् । खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।
म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह-आयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए।
प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यसैगरी सेमिफाइनल पुग्ने टोलीले समान रु १५/१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले बागमती कलमलाई जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न सेमिफाइनल खेलका तस्विरहरु हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/1CBC6bG4ny/
https://www.facebook.com/share/p/1JBsQGDzHv/





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |