

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित बाँजोगरामा जारी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, खुल्ला फुटबल प्रतियोगिता’ अन्तर्गत आज फाइनल खेल हुँदैछ ।
फाइनल खेलमा ‘सिद्धलेक वारियर’ र ‘आयोजक म्हेन्दोमाया युवा समाज टिम ‘ए’ बीच प्रतिष्पर्धा हुनेछ । खेल आज दिउँसो २ बजे सुरु हुनेछ ।
बुधबार भएको सेमिफाइनल खेलमा सिद्धलेक वारियरले म्हेन्दोमाया युवा समाज टिम ‘सि’ लाई ३-० गोल अन्तरले हराँउदै फाईनलमा पुगेको हो भने दोस्रो सेमिफाइनल खेलमा म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले चक्रदेवी सेवा समाजलाई ५-१ गोल अन्तरले हराँउदै फाईनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यसैगरी सेमिफाइनल पुग्ने टोलीले समान रु १५/१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले बागमती कलमलाई जानकारी दिनुभयो ।
यसैगरी प्रतियोगिताको आज अन्तिम दिन म्हेन्दोमाया नाच, माने दोरा नाच तथा बिभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।
कार्यक्रममा गायिका तथा मोडल रितु तामाङ, मोडल तथा डान्सर दुर बे्रभ तामाङ र गायक सन्दिप तामाङको प्रस्तुती रहने अध्यक्ष लामाले बताउनुभयो ।
म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह-आयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए।
‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होईन,समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने उद्देश्यका साथ सुरु भएको प्रतियोगितामा NKUYC,सिद्धलेक गाउँपालिका–१, कालिदहको सहयोग रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |