

काठमाण्डौ । आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरू हुँदैछ । यो खेल भोलि राति ८ बजे शारजाहमा शुरू हुनेछ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो ।
नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेको वेस्ट इन्डिजलाई हराउने नेपालसँग अवसर छ । वेस्ट इन्डिजले पछिल्ला १० टी–२० मा २ वटा मात्र जितेको छ । नेपालले भने मिश्रित नतिजा निकालेको छ । नेपालले पछिल्ला १० टी–२० मा ५ वटा जितेको छ ।
‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । शृङ्खलाको दोस्रो खेल आउँदो सोमवार र तेस्रो खेल मङ्गलवार हुनेछ । तस्विर:क्यान





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |