

काठमाण्डौ । आजदेखि सोमवारसम्म मनसुन थप सक्रिय भएर केही ठाउँमा आरिघोप्टे तथा धेरै ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाले विपद् आउन सक्ने अनुमान सहित हिजो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पूर्व तयारीका लागि उच्च अधिकारीसहित देशैभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको बैठक गरेको छ ।
प्राधिकरणले आयोजना गरेको भर्चुअल बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित खतरालाई ख्याल गरेर आवश्यक सबै तयारी पूरा गरेर बस्न निर्देशन दिनुभएको छ ।
उहाँले मानवीय क्षति रोक्नका लागि आवश्यक सतर्कता अपनाउन विपद्को व्यवस्थापन तथा राहत र उद्धार कार्यमा सक्रिय रहन अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि सोमवारसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान गरेको छ । खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसल्धारेदेखि आरिघोप्टे वर्षाको समेत सम्भावना देखिएको छ ।
बैठकमा गृह सचिव रामेश्वर दंगालले आवश्यकता हेरेर राजमार्गहरूमा रात्रिकालीन यातायात बन्द गर्न, ट्रेकिङ कार्य रोक्न तथा खतरा रहेका ठाउँबाट मानिसहरूलाई सुरक्षित ठाउँमा सार्नेगरी काम गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ ।
प्राधिकरणले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहट आसपासका नदीहरुमा आकस्मिक बहावको सम्भावना देखाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |