

धादिङ । धादिङबेशीमा जारी ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ प्रतियोगिता अन्तरगत बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियागिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगितामा धादिङ टिम ‘ए’, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटले सेमिफाइनलमा स्थान बनाएका छन् ।
सदरमुकाम धादिङबेशी स्थित कभर्डहल परिसरको खेल मैदानमा बिहिबार भएको पहिलो क्वाटरफाइनलमा धादिङ टिम ‘ए’ ले चितवनलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
त्यस्तै, दोस्रो क्वाटरफाइनलमा रसुवालाई पराजित गर्दै रामेछापले सेमिफाइनलमा स्थान बनाएको हो ।
बिहिबारनै भएको तेस्रो क्वाटरफाइनलमा सिन्धुपाल्चोकले सिन्धुलीलाई पराजित गरेको हो भने अर्को खेलमा नुवाकोटले धादिङ टिम ‘बि’ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
अब शुक्रबार हुने पहिलो सेमिफाइनलमा बिहान ११ बजे धादिङ टिम ‘ए’ ले रामेछापसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दोस्रो सेसिफाइनलमा दिउँसो १ बजे सिन्धुपाल्चोकले नुवाकोटसँग खेल्नेछ ।
फाईनन खेल पुस १२ गते हुनेछ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी थिए । जस्मा धादिङका दुई टिम, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक थिए ।
हेर्नुहोस् दोस्रो दिनको खेल अपडेट
-लिग चरण
सिन्धुली VS मकवानपुर (मकवानपुर बिजयी)
धादिङ टिम ‘बि’ VS रसुवा (धादिङ टिम ‘बि’ बिजयी)
-क्वाटरफाइनल
-पहिलो क्वाटरफाइनल- धादिङ टिम ‘ए’ VS चितवन (धादिङ टिम ‘ए’ बिजयी)
-दोस्रो क्वाटरफाइनल- रसुवा VS रामेछाप (रामेछाप बिजयी)
-तेस्रो क्वाटरफाइनल- सिन्धुपाल्चोक VS सिन्धुली (सिन्धुपाल्चोक बिजयी)
-चौथो क्वाटरफाइनल- धादिङ टिम ‘बि’ VS नुवाकोट (नुवाकोट बिजयी)
हेर्नुहोस् खेल तालिका






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |