Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ८, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

१९ घण्टा अघि
२

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

१९ घण्टा अघि
३

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

१ दिन अघि
४

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

५ दिन अघि
५

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

५ दिन अघि
६

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

५ दिन अघि
७

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

६ दिन अघि
८

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

१ हफ्ता अघि
९

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

१ हफ्ता अघि
१०

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

१ हफ्ता अघि
११

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

१ हफ्ता अघि
१२

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

४ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
४

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
५

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
६

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

१ महिना अघि
७

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

३ हफ्ता अघि
८

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

४ हफ्ता अघि
९

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२ हफ्ता अघि
१०

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

१ हफ्ता अघि
११

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ हफ्ता अघि
१२

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

३ हफ्ता अघि

धादिङबेसीमा माघ १५ देखि महोत्सव हुने,भैरवी मन्दिर पर्यटन प्रवर्द्धन मुख्य प्राथमिकता (भिडियोसहित)

  • बागमती कलम
  • ४४२ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ पौष २३, बुधबार (९ महिना अघि)
धादिङबेसीमा माघ १५ देखि महोत्सव हुने,भैरवी मन्दिर पर्यटन प्रवर्द्धन मुख्य प्राथमिकता (भिडियोसहित)

धादिङ । सदरमुकाम धादिङबेसीमा आगामी माघ १५ देखि दशौं धादिङ महोत्सव हुने भएको छ ।

धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यका साथ धादिङ उद्योग वाणिज्य संघले आगामी माघ १५ गतेदेखि माघ २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेसीको खुल्ला मञ्चमा महोत्सव आयोजना गर्ने भएको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत महोत्सव सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको छ ।

नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा १ लाखभन्दा बढी दर्शक सहभागी हुने र करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल भैरवी मन्दिरको विशेष पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै दशौं धादिङ महोत्सव आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनुभयो।

महोत्सवमार्फत जिल्लाको धार्मिक तथा पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएकोले भैरवी मन्दिरको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।

१६० भन्दा बढी स्टल रहने दशौं संस्करणको महोत्सवमा कृषि र घरेलु उद्योगलाई विशेष प्राथमिकता दिने पनि आयोजकले बताएको छ ।

जसमा व्यापारिक स्टल एक सय, घरेलु तथा साना उद्योग स्टल २० र कृषि तथा अन्य उत्पादन स्टल ४० वटा रहने छ ।

आयोजकका अनुसार महोत्सवका मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विधागत विषयमा सरोकारवालासँग प्रत्यक्ष अन्तरसंवाद, कृषि उपज तथा घरेलु उत्पादन प्रदर्शनी एवं प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन र प्रतियोगिता, भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम, सबै स्थानीय तहका विशेष उत्पादन स्टल, कृषि, पशुसेवा, वन कार्यालयको परामर्श सेवा, स्थानीय परिकार र संस्कृतिको प्रस्तुति, रमाइलो मेला तथा बाल उद्यान तथा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा दैनिक सांस्कृतिक कार्यक्रम रहने छ ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको संयोजकमा अध्यक्ष रामकुमार डल्लाकोटी र सह–संयोजकमा वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी रहनुभएको छ । यसका साथै ५१ सदस्यीय सल्लाहकार समिति, २५ सदस्यीय सचिवालय समिति र २४ वटा विषयगत समिति रहेको छ ।

आयोजकले पत्रकार सम्मेलनमा दशौं धादिङ महोत्सवलाई सभ्य र भव्य बनाउन अपिल गरेको छ ।

२०४८ सालमा स्थापना भएको धादिङ उद्योग वाणिज्य संघले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सक्रिय रहँदै २०६४ देखि २०८० सालसम्म नवौँ पटक धादिङ महोत्सव तथा कृषि–पर्यटन मेला गरेर जिल्लामा उत्पादित वस्तुको बजारीकरण, पर्यटन प्रवर्द्धन, होमस्टे सञ्चालन, होटल व्यवसाय तथा कृषिको व्यवसायीकरणमा सकारात्मक प्रभाव पारेको आयोजकको दाबी छ ।

हेर्नुहोस् पत्रकार सम्मेलनको भिडियो……….

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

  • mausam

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

  • garmi

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

  • IMG-20261019-WA0014

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

  • समाचार
  • १

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    १९ घण्टा अघि

  • २

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    १९ घण्टा अघि

  • ३

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    १ दिन अघि

  • ४

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    ५ दिन अघि

  • ५

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    ५ दिन अघि

  • ६

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    ५ दिन अघि

  • ७

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    ६ दिन अघि

  • ८

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    १ हफ्ता अघि

  • ९

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    १ हफ्ता अघि

  • १०

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution