


























धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा चेपाङ, दलित, गरिब तथा विपन्न समुदायका समुदायको आयआर्जन तथा जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले मौरीसहितको आधुनिक घार वितरण गरिएको छ।
बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा विनियोजित कार्यक्रम अन्तर्गत रैथाने बाली प्रवर्द्धन, जलवायुमैत्री प्रविधि प्रवर्द्धन तथा निर्यातजन्य बाली प्रवर्द्धन कार्यक्रममार्फत गाउँपालिका-१ का २४ जना लाभग्राहीलाई मौरीसहितको आधुनिक घार तथा आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
सामग्री वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले मौरीपालन ग्रामीण क्षेत्रका कृषकका लागि राम्रो सम्भावना बोकेको व्यवसाय भएको बताउनुभयो।
महको बजार माग उच्च रहेकाले यस व्यवसायबाट कृषकले अतिरिक्त आम्दानी लिन सक्ने उल्लेख गर्दै उहाँले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो।
त्यसैगरी वडा नं १ का वडाध्यक्ष भिमप्रसाद भट्टले मौरीपालनले मह उत्पादनसँगै कृषिबालीको परागसेचनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
उहाँले यसबाट कृषकको आम्दानी वृद्धि हुनुका साथै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिकाले विपन्न तथा बञ्चित समुदायको आर्थिक सशक्तीकरण र जीवनस्तर सुधारका लागि यस्ता आयमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |