

काठमाण्डौ । बाढीका कारण अस्ति बुधवारदेखि अवरुद्ध रहेको नागढुंगा–मुग्लिन सडक खुलाउने प्रयास भैरहेको छ । काठमाण्डौ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरेनीदेखि गलौंदीसम्मको सडक बाढीको लेदो जमेको कारण अवरुद्ध छ।
हिजो बिहानैदेखि लेदो हटाउने काम भैरहेको प्रहरीले जनाएको छ । बाक्लो लेदो भएकाले सडक खुलाउन समय लागेको प्रहरीको भनाइ छ ।
बाढीकारण सडक अवरुद्ध हुँदा धादिङ, नुवाकोट र रसुवामा चल्ने गाडी हिजैदेखि ठप्प छन् भने पृथ्वी राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा ओहोरदोहोर गर्ने गाडी पनि चल्न सकेका छैनन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |