

धादिङ । धादिङको गजुरीमा रसुवाको भोटेकोसी नदीमा आएको भिषण बाढीका कारण राजमार्ग अवरुद्ध भई बाटोमै अलपत्र परेका यात्रु र बाढी प्रभावितहरूका लागि नि:शुल्क खानाको व्यवस्था मिलाएको छ ।
“मानवता नै हाम्रो पहिचान” भन्दै गजुरीका स्थानीयहरुले सडकमा रोकिएका सवारी चालक, सहचालक तथा सम्पूर्ण यात्रुहरूका लागि नि:शुल्क भोजनको व्यवस्था मिलाएको हो ।
बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा अलपत्र परेका सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको गजुरी गाउँपालिका-१ का वडा सदस्य समेत रहनुभएका सुधिर खरेलले बताउनुभयो ।
“दुःखको समयमा गजुरीबासीको साथ” भन्ने मूल मर्मका साथ एकजुट भएका स्थानीयहरूले बाढी प्रभावित तथा अलपत्र यात्रुहरूलाई खाना खुवाउने व्यवस्था मिलाएका छन् ।
बिहिबार बिहान देखि बेलुकासम्म करिब ११ सयले खाना खाएका छन् भने आज शुक्रबार दिउँसो सम्म ३ सयले खाना खाएका छन् ।
गजुरीका स्थानीयले बाढी तथा पहिरो बिपद पछिको स्वास्थ्य सहायता कक्ष पनि संचालन गरेको छ ।
स्थानीयको यस परोपकारी प्रयासले विपद्को समयमा बाटोमै रोकिनुपरेका सयौँ यात्रुहरूलाई ठूलो सहारा र राहत मिलेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |