

धादिङ । धादिङ जिल्ला भलिबल संघको अधिवेशन आगामी असोज ३ गते हुने भएको छ। संघले नयाँ नेतृत्व चयनसहित आगामी कार्यदिशा तय गर्ने उद्देश्यले अधिवेशनको मिति निर्धारण गरेको हो।
नेपाल भलिबल संघको गोदावरीमा सम्पन्न १४औँ पूर्ण बैठकले देशभरका ७७ वटै जिल्ला भलिबल संघलाई असोज ५ गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार धादिङ जिल्ला भलिबल संघले असोज ३ गते अधिवेशन गर्ने निर्णय गरिएको संघका अध्यक्ष तिलक गुरुङ (अमृत) ले जानकारी दिनुभयो।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जारी गरेको पत्रमा आगामी केन्द्रीय अधिवेशनलाई समेत ध्यानमा राख्दै प्रदेश तथा जिल्ला तहका अधिवेशन तोकिएको समयभित्र सम्पन्न गर्न भनिएको छ।
पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ तथा अन्तर्राष्ट्रिय भलिबल महासंघका प्रचलित नीति-नियमअनुसार अधिवेशन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
‘जिल्लाको भलिबल समृद्धि, एकता र विकासको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुने अधिवेशन नीलकण्ठ नगरपालिका-३, धादिङबेँसीमा सञ्चालन हुने अध्यक्ष गुरुङले बताउनुभयो।
संघको पाँचौँ साधारणसभाबाट चार वर्षे कार्यकालका लागि २०७९ असार ५ गते सिद्धलेक गाउँपालिका-२ का अमृत गुरुङ अध्यक्षमा चयन हुनुभएको थियो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |