

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरो काटेर सडकको ट्र्याक जोडिएको छ। दुवैतर्फबाट एक्स्काभेटर परिचालन गरी खोलिएको ट्र्याक शनिबार जोडिएको हो।
ट्र्याक जोडिएसँगै अवरुद्ध सडक खुलाउने काम थप अघि बढेको छ। अब सडकलाई आवश्यक उचाइमा ल्याउन तथा सतह मिलाउन ‘डाउन’ गर्ने काम सुरु गरिने भएको छ।
पहिरो हटाएर ट्र्याक जोडिए पनि तत्कालै राजमार्गमा यातायात सञ्चालन भने नहुने नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ।
सडक सम्याउने, आवश्यक मर्मत तथा यातायात सञ्चालनका लागि सुरक्षित बनाउने काम पूरा भएपछि मात्रै राजमार्ग खुलाइनेछ।
कृष्णभीरमा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |