

धादिङ । बाढीका कारण गजुरी गाउँपालिका-५ गलौदीका ७४ घर बस्न नसक्ने अवस्थामा पुगेपछि स्थानीयहरू जङ्गलमा त्रिपाल र टेन्ट टाँगेर बस्न बाध्य भएका छन्।
गलौदी माथिको वन क्षेत्रमा बनाइएको अस्थायी होल्डिङ सेन्टरमा बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिसहित प्रभावित परिवारहरू बसिरहेका छन्। होल्डिङ सेन्टरमा करिब ४२ परिवारका २ सय जना आश्रय लिएर बसेका छन्।
जसमा ३० भन्दा बढि बालबालिका, चार जना अपाङ्गता भएका व्यक्ति र ७० वर्षभन्दा माथिका दुई ज्येष्ठ नागरिक महिला छन्। जङ्गलमा रात बिताउनुपर्दा उनीहरूलाई थप समस्या भइरहेको छ। होल्डिङ सेन्टरमा बिजुली, स्वास्थ्य सेवा, खानेपानी तथा झुलको अभाव छ। राति अँध्यारो हुने र लामखुट्टेको समस्याले बालबालिका तथा ज्येष्ठ नागरिकलाई झनै कठिनाइ भएको प्रभावितहरू बताउँछन्।
बाढीले घरसँगै अन्न, लत्ताकपडा, भाँडाकुँडा र दैनिक प्रयोगका सामानसमेत पुरेपछि कतिपय परिवारसँग लगाउने कपडासमेत छैन। विद्यालय जाने अवस्था नहुँदा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पढाइसमेत रोकिएको छ।
होल्डिङ सेन्टरमा बस्ने प्रभावित परिवारको तथ्याङ्क फरक देखिएको छ। गजुरी गाउँपालिकाको तथ्याङ्कमा २० घरका ९३ जना रहेको उल्लेख छ भने स्थलगत रूपमा ४२ परिवार बसेको भेटिएको प्रभावितहरूले बताएका छन्। तथ्याङ्क फरक हुँदा राहत वितरणमा समेत समस्या हुन सक्ने उनीहरूको गुनासो छ।
घर फर्किने अवस्था नरहेको र जङ्गल छाडेर बस्न सुरक्षित ठाउँसमेत नभएकाले गलौदीका बाढीपीडितलाई खाद्यान्नसँगै सुरक्षित बसोबास, खानेपानी, स्वास्थ्य, विद्युत् र बालबालिकाको शिक्षाको व्यवस्था तत्काल आवश्यक देखिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |