

धादिङ । बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ स्थित परेवाभिरमा सडक मर्मतको काम नसकिएपछि सवारी आवागमन थप एक दिन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै २१ गते आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म परेवाभिर हुँदै चल्ने एम्बुलेन्स र शववाहनबाहेक सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइने जनाएको छ।
यसअघि शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सडक बन्द गरी मर्मत कार्य गरिएको थियो। तर, काम पूरा नभएपछि थप एक दिन आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले उक्त अवधिमा यात्रुलाई वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |