

काठमाण्डौ । गोरखाको चुमनुब्री गाउँपालिका–४ मा बाढीले ४ वटा घर बगाएको छ ।
नाम्रुङ खोलामा गएराति आएको बाढीले स्थानीय नुर्वु छिरिङ, उर्गेन लामा, लाक्पाभुटी लामा र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बाढीले फलामे पुलमा समेत सामान्य क्षति गरेको छ । नाम्रुङ खोलाको बाढीबाट मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बाढी आएको खोला चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने गर्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |