

काठमाण्डौ । दुई महिनामा सरकारको आम्दानीभन्दा खर्च ९ अर्ब ७२ करोड रुपैयाँले धेरै देखिएको छ ।
चालू आर्थिक वर्ष २०८३र८४ को दुई महिनाभदौ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ९.४१ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ खर्च गर्दा राजस्व वार्षिक लक्ष्यको ११.५८ प्रतिशत अर्थात् १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ मात्र सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिले ९.६ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालू आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको हो ।
त्यस्तै पूँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म वार्षिक लक्ष्यको १।७८ प्रतिशत अर्थात् ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च १६।५९ प्रतिशत छ । यो शीर्षकमा चालू आर्थिक वर्षका लागि ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्ममा ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबर खर्च भएको छ ।
कर राजस्वतर्फ चालू आर्थिक वर्षका लागि १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२।२९ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ सङ्कलन भएको छ । त्यस्तै गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब उठाउने लक्ष्य रहेकोमा अहिलेसम्म ६।९ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ उठेको छ ।
चालू आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा ८।९६ प्रतिशत अर्थात् ५ अर्ब ५३ करोड रुपैयाँ बराबर भित्रिएको कार्यालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |