

काठमाडौं । राष्ट्रियस्तरको यू-१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।
नेपाल बास्केटबल संघ, नेपालया इन्टरनेशनल र प्याब्सनको संयुक्त आयोजनामा असोज ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा प्रतियोगिता हुने भएको छ।
नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्द्धनलाई थप संस्थागत गर्दै विद्यालय तथा युवा तहका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा देशभरबाट ४० टोलीको सहभागिता रहनेछ।
विद्यालय तथा युवा तहमा बास्केटबलप्रतिको बढ्दो आकर्षण र सहभागितालाई व्यवस्थित अवसरमा रूपान्तरण गर्दै प्रतिभावान खेलाडीको पहिचान, विकास तथा प्रोत्साहन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।
प्रतियोगितालाई केवल प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमका रूपमा सीमित नराखी विद्यालय तहबाटै प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने आधारका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ। खेलाडीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना, स्वस्थ प्रतिस्पर्धा तथा खेलकुद संस्कारको विकास गर्ने उद्देश्य रहेको जनाएको छ।
विशेषगरी यू–१६ तहका प्रतिभावान खेलाडीको पहिचान तथा छनोट प्रतियोगिताको महत्वपूर्ण पक्षका रूपमा रहनेछ।
उत्कृष्ट प्रदर्शन गर्ने तथा सम्भावना बोकेका खेलाडीलाई थप प्रशिक्षण, मूल्याङ्कन र विकासको प्रक्रियामा समेटिने आयोजकले जनाएको छ।पहिचान तथा विकास गरिएका प्रतिभाबाट सक्षम यू–१६ राष्ट्रिय टोली तयार गरी आगामी दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गराउने दीर्घकालीन लक्ष्यसमेत आयोजकले अघि सारेको छ।
विद्यालयलाई खेलाडी उत्पादनको महत्वपूर्ण आधारका रूपमा विकास गर्दै शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउने तथा विद्यालयस्तरमै गुणस्तरीय खेल वातावरण निर्माण गर्ने आयोजकको योजना छ। यसबाट विद्यालय, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालाबीच सहकार्य र समन्वय थप मजबुत हुने अपेक्षा गरिएको छ।
नेपालको बास्केटबल खेलको विकास र विस्तारका लागि प्रतियोगिताले दीर्घकालीन आधार निर्माण गर्ने विश्वास व्यक्त गर्दै आयोजकले प्रतियोगिताको सफलताका लागि सम्बन्धित सबै पक्षबाट सहयोगको अपेक्षा गरेको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |