

काठमाण्डौ । चालु आर्थिक बर्षको पहिलो छ महिना साउनदेखि पुससम्म अर्थात छ महिनाको अवधिमा झन्डै चार लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्।
छ महिना अवधीमा तीन लाख ९३ हजार ६७ जना नेपाली वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
मंसिरको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या भने घटेको छ ।
मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा पुसमा ६७ हजार दुई सय ५८ जनाको मात्र श्रम स्वीकृति भएको छ ।
मंसिरको तुलनामा पुसमा झन्डै १७ हजारले कमी आएको हो ।
पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार तीन सय १६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना तथा श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार दुई सय ३ जना वैदेशिक रोजगारीमा गएका छन् ।
यस्तै सरकारले पठाउने दक्षिण कोरिया तथा इजरायलमा छ सय ५५ जनाको श्रम स्वीकृति भएको छ । सबैभन्दा धेरै नेपाली कामदार यूएई र त्यसपछि साउदी अरेबिया र कतार जाने गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |