

धादिङ । धादिङ समाज कान्साईको दोस्रो अधिबेशन आउँदो मे २५ मा हुने भएको छ ।
धादिङ जिल्ला स्थायी ठेगाना भएर हाल जापानको कान्साईमा बसोबास गर्दै आउनु भएका धादिङ बासीहरुलाई समेट्ने उद्धेश्यले धादिङ समाज जापान कान्साई शाखाले मे २५ आईतबारका दिन ओसाकामा दोस्रो अधिबेशन गर्ने भएको हो ।
अधिबेशनमा कान्साईमा क्रियाशिल सङ्घ सस्था, समाजसेवी , पत्रकार लगायत सबैलाई निमन्त्रणा गरिसकिएको धादिङ समाज कान्साई शाखाले जानकारी दिएको छ ।
कान्साई शाखाका अनुसार समाजमा जोडिएर जापानमा बिधार्थी भिजामा आउनुहुने बिधार्थीहरुलाई पर्ने समस्या समाधानका लागि सबैसग हातेमालो गरेर काम गर्दै अगाडी बढ्ने कुरा प्राथमिकतामा रहेको छ ।
जापानमा काम, स्वास्थ्य अवस्था कमजोरका कारण पर्नुभएका समस्या लगायत हरेक दुख र कष्टमा धादिङ समाज कान्साई शाखाले सबैको साथमा रहने प्रतिबद्धता समेत ब्यक्त्त गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |