

धादिङ । क्यानडाको कलेज अफ दि नर्थ एटलान्टिक (सिएनए) मा अध्यनरत नेपाली बिद्यार्थी राजेन्द्र श्रेष्ठले सर्वश्रेष्ठ बिद्यार्थी पदक पाउनुभएको छ।
श्रेष्ठलाई सिएनए अन्तगर्त पर्ने ह्याप्पी भ्याली गोज बे कलेजले दीक्षान्त समारोहमा प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड प्रदान गरेको हो ।
यस्तै श्रेष्ठले न्यु फाउन्ड ल्याण्ड एण्ड ल्याब्राडोर राज्यमा भएको स्किल्स क्यानडा प्रान्तिय प्रतियोगितामा कास्य पदक प्राप्त गर्नुभएको छ ।

उक्त प्रतियोगिता मार्च २८ मा सम्पन्न भएको थियो ।उक्त प्रतियोगितामा पदक हासिल गरेसँगै उहाँ राष्ट्रिय प्रतियोगिताको लागि छनोट हुनुभएको छ।
उक्त प्रतियोगिता सास्काचेवान प्रान्तको राजधानी रेजिनामा यहि मे २९ र ३० मा हुदैछ । उहाँले त्यहाँ प्रान्तको एकल प्रतिनिधित्व गर्नुहुने छ।
यस प्रतियोगितामा भाग लिन पाउने उहाँ पहिलो नेपाली बिद्यार्थी हुनुहुन्छ ।
उहाँले सेन्ट्रल कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बाट प्रोजेक्ट म्यानेजमेन्ट बिषयमा अध्ययन पुरा गरेर अहिले कार्पेन्ट्री बिषयमा अध्ययन गरिरहनु भएको छ ।
क्यानडाको एउटा राज्यको प्रतिनिधिन्त्व गर्दै राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउदाँ खुशि लागेको श्रेष्ठले बागमती कलमसंग कुरा गर्दै बताउनुभयो ।
यो सुनौलो अवसरलाइ भरपुर उपयोग गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो ।
श्रेष्ठ धादिङको सिद्धलेक गाउँपालिका-२ नलाङका हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |