

जापान। धादिङ समाज जापानको क्षेत्रीय समिति कान्साईको संयोजकमा विकास अधिकारी चयन हुनुभएको छ ।आईतबार ओसाकामा सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिमा सहसंयोजक सन्तोष धिताल र विशु गैरे,सचिवमा हरिशरण अर्याल, सहसचिव कपिल इटनी, कोषाध्यक्ष रामकुमार सुवेदी, सहकोषाध्यक्षमा सुदिप रिमाल चयन हुनुभएको छ भने सदस्यहरूमा जानुका सुवेदी, सागर तामाङ, नारायण अधिकारी, सुजन रिमाल,राम बानियाँ र लक्ष्मी जिसी अर्याल चयन हुनु भएको छ ।
धादिङ जिल्ला स्थायी ठेगाना भएर हाल जापानको कान्साईमा बसोबास गर्दै आउनु भएका धादिङ बासीहरुलाई समेट्ने उद्धेश्यले अधिबेशन गरिएको समाजको निवर्तमान संयोजक दिपक भण्डारीले बताउनुभयो ।
भण्डारीको अध्यक्षतामा भएको अधिवेशनमा धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कृष्ण शर्मा गैरे, नरेन्द्र कुमार बस्नेत र श्याम ‘शितल’ श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |