Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २३, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

६ मिनेट अघि
२

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

२३ घण्टा अघि
३

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

२३ घण्टा अघि
४

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ दिन अघि
५

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

१ दिन अघि
६

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

१ दिन अघि
७

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

१ दिन अघि
८

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

१ दिन अघि
९

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

२ दिन अघि
१०

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

२ दिन अघि
११

चुमनुब्रीमा बाढीले ४ घर बगायो

२ दिन अघि
१२

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

६ दिन अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

४ हफ्ता अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

४ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

३ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

  • Default Profile
  • बागमती कलम
  • ४०१ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ आश्विन १८, मंगलबार (३ साल अघि)
मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

काठमाडौँ, १८ असोज ।
के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञाशा छ ? छ भने सजिलै थाहा पाउनुहुनेछ ।

निर्वाचन आयोगले आफ्नो वेभसाइट www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ आफ्नो मात्र होइन अरुको मतदाता नामावली पनि सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदानस्थलअन्तर्गत खोजी गर्दा भेट्न सक्नुहुनेछ ।

फोटो र सम्पर्क नम्बरसहितको मतदाता नामावली भने आयोगले सिलबन्दी गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका समयमा पठाउनेछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आयोगले मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको विवरण गत भदौ ३१ गते स्वीकृत गरी अन्तिम मतदाता प्रकाशन गरेको थियो ।

सो अघि मतदाता विवरणमा कुनै त्रुटी सच्याउन र दाबी विरोध भएमा उजुरी दिन समय दिइएको थियो । निर्वाचन घोषणा भएपछि निर्वाचन नभएसम्म मतदाता नामावली सङ्कलन कार्य भने स्थगन भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता विवरणमा रहेका सानातिना त्रुटीका कारणले मात्र मतदानको अधिकारबाट कसैलाई पनि वञ्चित हुन नदिने आयोगले प्रयत्न गर्ने बताउनुभयो ।

आयोगले स्वीकृत गरेको नामावली विवरणअनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख अठासी हजार पाँच सय ७० मतदाता हुनेछन् । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने अठासी लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता नामावली कायम भएका हुन् ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता कायम रहेका थिए । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदाता सङ्ख्यासमेतका आधारमा कूल १० हजार आठ सय ९१ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २६ मतदान केन्द्र रहने गरी स्वीकृत गरेको छ ।

आयोगका अनुसार यस निर्वाचनका लागि सबैभन्दा बढी मतदाता रहेका जिल्ला मोरङ ९सात लाख ३५ हजार पाँच सय २५०, झापा (छ लाख ६३ हजार तीन सय ११) र काठमाडौँ (छ लाख ५२ हजार एक सय २६) छन् भने सबैभन्दा कमतर्फ क्रमशः मनाङ (छ हजार सात सय ७९), मुस्ताङ (१० हजार नौ सय ५७), र डोल्पा (२२ हजार सात सय ७४ं) रहेका छन् ।

सूचना सम्प्रेषण प्रभावकारी बनाइँदै

आयोगले निर्वाचनसँग सम्बन्धित जिज्ञाशा र अन्योलबारे मतदाताका प्रश्न भएमा दसैँलगत्तै पैसा नलाग्ने फोनमा फोन गरेर समाधान गराउनेछ । आयोगले सञ्चारमाध्यमसँग सहजीकरण गर्न र निर्वाचनबारे सही तथा प्रभावकारी सूचना सम्प्रेषण गर्न यही असोज १४ गतेबाट बहादुर भवनमा प्रेस अफिस स्थापना गरी सञ्चालन गरिरहेको छ ।

आयोगले सामाजिक सञ्जालमार्फत पनि निर्वाचन कार्यक्रम, उम्मेदवार मनोनयनपत्रका लागि आवश्यक कागजात, निर्वाचन खर्चका हदजस्ता विषयलगायत सूचना प्रवाह गरिरहेको छ । सूचनामा सहजीकरणका लागि आयोग नियमित प्रवक्ता शालिग्राम शर्मा पौडेलका अतिरित्त, समानुपातिक प्रणालीका लागि बेग्लै प्रवक्ता गुरुप्रसाद वाग्ले र थप तीन जना ९सूर्यप्रसाद अर्याल, ऋषि भुसाल र कमल भट्टराई० लाई सहायक प्रवक्ता तोेकेको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले नमूना मतदानलगायतको कार्य गरेर मतदातालाई सूचना प्रवाहको कामसमेत गर्नेछन् । आयोगले निर्वाचनका लागि डिजिटल माध्यमलाई बढी प्रयोग गरेर मतदाता शिक्षा सञ्चालनको योजना अघि सारेको छ ।

दसैँ बिदामा पनि निर्वाचन कार्यक्रम

आयोगले दसैँ विदाका समयमा पनि निर्वाचन कार्यक्रमलाई निरन्तरता दिएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीतर्फ यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ ।

यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • IMG-20260908-WA0010

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

  • nilkantha-sradanjali-sava

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

  • parewatar-mastar

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

  • #connectdhading copy

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

  • समाचार
  • १

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    ६ मिनेट अघि

  • २

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    २३ घण्टा अघि

  • ३

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    २३ घण्टा अघि

  • ४

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    १ दिन अघि

  • ५

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    १ दिन अघि

  • ६

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    १ दिन अघि

  • ७

    भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन
    १ दिन अघि

  • ८

    बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने
    १ दिन अघि

  • ९

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    २ दिन अघि

  • १०

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution