

निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरूलाई आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगले आइतबार काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मधुसुदन पाठक (सिते बा), सिराहा २ का प्रतिनिधि सभा उम्मेदवार शिवशंकर यादव, सिरहा २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजलाल यादव र (ख) का उम्मेदवार योगेशकुमार सिंहलाई स्पष्टीकरण सोधेको हो।
यस्तै काठमाडौं २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी १ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार विजय कालिकोटे, रूपन्देही ३ का प्रख्यात बञ्जाडे र नुवाकोट १ प्रदेश सभा क्षेत्र (ख) का दिपेश ढुंगानालाई आयोगले स्पष्टीकरण सोध्दै १ लाख जरिवाना किन नलिने भन्दै स्पष्टीकरण दिन भनेको छ।
विभिन्न अभियानका नाममा उम्मेदवारी दिएकाहरूले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह भन्दै प्रचार गरिरहेको पाइएकोले स्पष्टीकरण सोध्नुपरेको आयोगले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |