

महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ।
श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप अन्तरगत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको हो। खेल नेपाली समय अनुसार साँझ सवा ७ मा सुरु हुनेछ।
नेपालको पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी-२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो।
सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो। तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी-२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी-२० मान्यताको मात्र भएको थियो।
२०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी-२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तराष्ट्रिय मान्यताका हुदै आएका छन्।
पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो भने पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो। यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालिन क्रिकेट पनि हुनेछ।
नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |