

काठमाण्डौ । भारतको नयाँ दिल्लीमा जारी खो–खो विश्वकप अन्तरगत महिला पुरुषको फाईन खेल आज हुँदैछ ।
उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् ।
पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा बेलुका साढे ८ बजे र महिलातर्फको बेलुका सवा ७ बजे शुरु हुनेछ ।
हिजो भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरान र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।
नेपालको पुरुष टोली उद्घाटन खेलमा भारतसँग पराजित भएको थियो ।
महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको हो ।
नेपालको महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पराजित गर्यो ।
त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६६–१६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |