धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा १४ औँ खेल उत्सव सुरु भएको छ।
विद्यालयको वार्षिक कार्यतालिका अनुसार आईतबारदेखी १४ औँ खेल उत्सव-२०८१ सुरु भएको आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले बागमती कलमलाई जानकारी दिनुभयो।
उत्सवको उद्घाटन पूर्व विद्यालय परिसर बैरनी चोकदेखी कालिदहसम्म मार्चपास, सडक नृत्य प्रस्तुत गरिएको थियो ।
उत्सवको कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले बेलुन उडाएर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष तामाङले विद्यालयहरुमा आयोजना हुने यस्ता खेलकुद कार्यक्रमले लुकेर रहेको प्रतिभाहरुलाई उजारगर गर्न सहयोग पुग्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक आश बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा निर्देशक विकास कोइरालाको विशेष आतिथ्यता तथा तेक्वान्दो गुरु शालिग्राम सिलवाल,राष्ट्रिय म्याराथुन खेलाडी अश्मि वि.क (स्पोर्टस प्रशिक्षक)को आतिथ्यता रहेको स्कुलकी व्यवस्थापक अर्यालले बताउनुभयो ।
उहाँको अनुसार १० गतेसम्म सञ्चालन हुने खेल उत्सवमा प्राइमरी तथा प्री प्राइमरी अन्तरगत बेलुन रेस, स्पोन रेस, बल रेस, फ्रग रेस, फुटबल, भलिबल, कबड्डी, निडल थ्रेड रेस लगायतका खेलहरु हुनेछन् भने शिक्षक र अभिभावकबिच पनि खेलहरु हुनेछन्।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने भन्दै शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने भएकाले खेल उत्सवलाई निरन्तरता दिईएको बताउनुभयो।
उक्त खेलमा विजेता विद्यार्थीहरुलाई माघ १० गते पुरस्कार वितरण गरिने अध्यक्ष कोइरालाले बताउनुभयो।
उद्घाटन समारोह विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक बिशाल गुरुङले सञ्चालन गर्नुभएको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |