धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा १४ औँ खेल उत्सव जारी रहेको छ।
विद्यालयको वार्षिक कार्यतालिका अनुसार आईतबारदेखी सुरु भएको १४ औँ खेल उत्सव-२०८१ को दोस्रो दिन आज सोमबार छात्र/छात्राको रिले रेस, १०० मि, २०० मि रेस, ज्याभ्लिन थ्रो, फुटबल खेलहरु सम्पन्न भएको विद्यालयकी व्यवस्थापक ममिता अर्यालले बागमती कलमलाई जानकारी दिनुभयो।
खेल उत्सवमा विभिन्न विधा गरेर ४८ खेलमा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराईने व्यवस्थापक अर्यालले बताउनुभयो ।
उत्सवको आईतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले उद्घाटन गर्नुभएको थियो ।
१० गतेसम्म सञ्चालन हुने खेल उत्सवमा प्राइमरी तथा प्री प्राइमरी अन्तरगत बेलुन रेस, स्पोन रेस, बल रेस, फ्रग रेस, फुटबल, भलिबल, कबड्डी, निडल थ्रेड रेस लगायतका खेलहरु हुनेछन् भने शिक्षक र अभिभावकबिच पनि खेलहरु हुनेछन्।
आयाम इङलिस स्कुलका शिक्षक शिक्षिकाहरुको समन्वय र तालमेलका कारण विद्यालयले अझ आयाम भर्न सफल भएको छ।
विद्यालयमा खेलकुदलाई थप प्रभावकारी बनाउन साउथ एशिएन म्याराथुन च्याम्पियनमा सहभागी मेडलिष्ट,फुटबलर र नृत्यमा पनि अव्वल अश्मि वि.क.लाई खेलकुद प्रशिक्षकको रुपमा नियुक्त गर्न लागिएको व्यवस्थापक अर्यालले बताउनुभयो।
दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेका छन्।
विद्यालय संचालक विकास कोइराला आफै पनि खेलप्रेमी र पूर्व भलिवल खेलाडी कोच,रेफ्री भएका कारण पढाईसँगसँगै खेल क्षेत्रलाई पनि प्राथमिकता दिनु पर्छ भन्ने कुरामा सदैव शिक्षक शिक्षिकालाई घच्घच्याइरहनु हुन्छ।
लामो समय सम्म विद्यालय संचालन अनुभव लिनुभएका कोइराला हाल आयाम इङलिस स्कुललाई एउटा नमुनाको स्कूलको रूपमा देखाउन प्रयासरत देखिनुहुन्छ।
विद्यालयमा भए गरेका हरेक कार्यलाई सजिलै ढंगवाट अभिभावक समक्ष परिस्कृत गर्न सक्ने उहाँको क्षमता अब्बल छ । हाल उहाँ जिल्ला भलिवल धादिङको महासचिव हुनुहुन्छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |