काठमाण्डौ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ।
खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा शुरू हुनेछ ।नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।
१६ वटा टोली सहभागी रहेको १९ वर्षमुनिको महिला विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।
यो समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
यसअघि दुई खेलमा पराजित नेपाललाई सुपर सिक्समा पुग्न आजको आफ्नो तेस्रो खेलमा जीत र आज बिहान हुने बङ्गलादेश र स्कटल्याण्डबीचको खेलको नतिजामा समेत भर पर्नेछ ।
अस्ट्रेलियासँग जीत र बङ्गलादेशले पनि स्कटल्याण्डलाई हराउन सकेमा नेपाल सुपर सिक्समा पुग्नेछ ।
समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बङ्गलादेश र स्कटल्यान्डको समान २–२ अङ्क छ ।
नेपाल अङ्कविहीन छ । नेपालले पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेलेको हो ।filephoto
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |