

काठमाण्डौ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ।
क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यही माघ १७ गते आउने बिहिवारदेखि २५ गतेसम्म कीर्तिपुरको त्रिवि मैदानमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच त्रिदेशीय शृङ्खला हुँदै छ ।
नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ ।माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपाल, माघ २३ गते नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछन् । माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।photo:can





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |