

काठमाडौं । महिला टी-२०आई शृंखला अन्तरगत नेपालले आज थाइल्याण्डसँग खेल्दै छ।
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित शृंखलाको आफ्नो चौथो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्न लागेको हो ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजेदेखि सुरू हुँदैछ।
पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ ।नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ ।
बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो शनिबार थाइल्याण्डसँग र आइतबार नेदरल्याण्ड्ससँग दोस्रोपटक पराजित भएको थियो ।
थाइल्याण्डले भने तीनवटै खेलहरू जितेको छ । यस खेल जितेमा थाइल्याण्ड शृंखला जित्ने बलियो अवस्थामा पुग्नेछ ।
महिला टी-२०आई वरियतामा थाइल्याण्ड १३औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ ।
थाइल्याण्ड महिला विश्वकप पनि खेलिसकेको टोली हो ।
शृंखलामा सबै टोलीले एक अर्कासँग ३/३ खेल खेल्ने छन् । ने
पालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने प्रावधान छ ।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |