धादिङ । नीलकण्ठ नगरपालिका ३ धादिङबेशीमा तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ सम्पन्न भएको छ।
फ्युबा फिट्नेस तेक्वान्दो डोजाङका खेलाडीहरुलाई प्रथम डानको ब्याल्क बेल्ट वितरण गरिएको छ ।शनिबार एक कार्यक्रमका बिच ८ जना खेलाडीलाई बेल्ट र प्रमाणपत्र वितरण गरिएको हो ।
ब्याल्क बेल्ट पाउने खेलाडीहरुमा सुजन सिंं ठकुरी, सन्देश तामाङ, इशाक तामाङ, सुजन घले, मर्कुश तामाङ, संगम कँडेल, कुशल श्रेष्ठ र बिबेक खकुराल रहेको डोजाङ प्रमुख एवम प्रशिक्षक मरियम फ्युवाले जानकारी दिनुभयो ।
खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङ, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष गणेशकुमार श्रेष्ठ,कबड्डी संघ धादिङका सचिव महेन्द्र ढुंगाना लगाएतले बेल्ट तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तामाङले खेलकुद क्षेत्रलाई सबैले प्राथमिकता राख्नु पर्ने बताउनुभयो । तीन तहको सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखे मात्र यस क्षेत्रको विकास हुने उहाँको भनाइ थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |