

धादिङ । सदरमुकाम धादिङवेशीमा सम्पन्न प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ।
धादिङवेशीस्थित धादिङ फुटसल एकेडेमीमा शनिबार भएको फाईनल खेलमा रुवीभ्याली गाउँपालिकालाई ६-३ गोल अन्तरले पराजित गर्दै नीलकण्ठ नगरपालिकाको नीलकण्ठ जायन्ट्सले उपाधी जितेको हो।
प्रतियोगितामा धादिङ अस्पतालले तेस्रो स्थान हासिल गरेको छ। धादिङ अस्पतालले गोरखा नगरपालिकालाई ४-२ गोल अन्तरले पराजित गर्दै तेस्रो भएको हो ।
प्रतियोगितामा विजयी भएको नीलकण्ठ जायन्ट्सले नगद १ लाख १ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र,द्धितिय भएको रुवीभ्यालीले ५१ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

त्यस्तै तृतिय भएको धादिङ अस्पतालले २५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सान्त्वना भएको गोरखा नगरपालिकाले नगद २० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।


यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडी धादिङ अस्पतालका डा.जिवन घिमिरे, उत्कृष्ट गोलकर्ता नीलकण्ठ जायन्ट्सका रवी भण्डारी (३३ गोल), उत्कृष्ट गोलरक्षक नीलकण्ठ जायन्ट्सका बल बहादुर तामाङ र उत्कृष्ट डिफेन्डर नीलकण्ठ जायन्ट्सकै सरोज पाण्डे घोषित भएका छन् ।
उनीहरुले समान नगद ६–६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबारदेखी अन्तरपालिका स्तरीय फुटसल प्रतियोगितामा १८ टिम सहभागी थिए ।
नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।
यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको समापन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले नीलकण्ठमा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्दै नगरपालिकामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले यस वर्षबाट सुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विधागत तर्फका उत्कृष्ट खेलाडी






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |