धादिङ । धादिङमा भोलि देखि ‘प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता’ सुरु हुँदै छ ।
धादिङ फुटबल क्लबको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षकमा जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको खुल्ला फुटबल प्रतियोगिता भोलि देखि सुरु हुने धादिङ फुटबल क्लबका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिनुभयो।
धादिङमा जन्मिएर फुटबललाई व्यवसायिक रुपले अघि बढाउँदै गर्दा निधन हुनुभएका खेलाडी सुमन श्रेष्ठको सम्मानमा प्रतियोगिता आयोजना गरिएको भण्डारीले जानकारी बताउनुभयो ।
क्लबले आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको टाईसिट सार्वजनिक गरेको छ ।सदरमुकाम धादिङबेसीस्थित खुल्लामञ्चमा हुने यस प्रतियोगितामा २२ टिम सहभागी भएका क्लबका सचिव सरोज पाण्डेले जानकारी दिनुभयो ।
हेर्नुहोस् प्रतियोगिताको टाईसिटसहित :
युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, फुटबल खेलको लोकप्रियता वृद्धि गर्नु र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नु मूल उद्देश्य रहेको भन्दै क्लबका अध्यक्ष भण्डारीले यो प्रतियोगितामा खेलाडीको उमेर,ठेगानामा रोक नलगाइएको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख ७५ हजार, दोस्रोलाई ७५ हजार तथा सेमिफाइनल पुग्ने दुई टिमलाई २५/२५ हजार रुपैंयासहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष भण्डारीको भनाई छ ।
धादिङ जिल्लामा भएका खेलकुद प्रतियोगितामध्ये यो नै सर्वाधिक पुरस्कार राशी भएको आयोजकको दावी छ ।
यसैगरी प्लेयर अफ टुर्नामेन्ट र अन्य विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
नाइन ‘ए’ साइड अन्तर्गत हुने प्रतियोगिताका लागि टिम दर्ता गर्दा कोच र मेनेजर सहित १५ जना हुने छन् । नौ जनाले मैदानमा खेल्नेछन् भने चार जना अतिरिक्त बस्नेछन् ।
लामो समयदेखि जिल्ला सदरमुकाममा फुटबल प्रतियोगिता सञ्चालन हुन नसकिरहेको अवस्थामा प्रत्येक वर्ष खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गर्ने योजनासहित यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
नकआउट चरणमा हुने यस प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।
यस्तै फुटवल प्रतियोगिता उद्घाटन अघि विहान खुल्ला पुरुष म्याराथुन प्रतियोगिता पनि हुने भएको छ।
क्लबका अध्यक्ष भण्डारीका अनुसार खुल्लामञ्चबाट ससाह र ससाहबाट खुल्लामञ्चसम्म म्याराथुन हुनेछ ।दौडमा सहभागी हुनको लागि आइtवार साँझसम्म २४ जनाले नाम दर्ता गराएको केही प्रतियोगीहरु भोली विहान आइपुग्ने आयोजकले जनाएको छ।
म्यारुथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइने आयोजकले बताएको छ ।
खेल क्षेत्रको विकास र त्यसप्रति युवाहरुको आकर्षण बढाउने उद्देश्यसहित आयोजना गरिएको दुबै प्रतियोगिता सम्पन्न गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्ने भण्डारीले बताउनुभयो।
दौडको प्रथम पुरस्कारको लागि अमेरिका निवासी नीलकण्ठ १० का स्थानीय उत्तम धमलाले पुरस्कार प्रायोजना गर्नुभएको छ भने फुटवल प्रतियोगीता सञ्चालनका लागि १ सय जना भन्दा बढी ब्यक्तिले नगद सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको अध्यक्ष भण्डारीले बताउनुभयो।
प्रतियोगिताको टाईसिट सार्वजनिक गर्दै आयोजक धादिङ फुटबल क्लब (भिडियो)
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |